काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा ७ जना नयाँ सदस्यहरूलाई मनोनयन गरेको छ ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी समायोजन पछि आएकामध्ये ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
मनोनीत हुनेमा समीक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन् ।
उनीहरू विवेकशील साझा पार्टी छाडेर गत मंसिर १४ गते रास्वपा प्रवेश गरेका थिए ।


