काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याउन नेपाल प्रहरीको टोली फिलिपिन्स जाने भएको छ। अख्तियार प्रमुखसहित उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पाठकविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको थियो। काभ्रे घर भएका पाठक भारत र इन्डोनेशिया हुँदै फिलिपिन्स पुगेको खुलेको छ।
नेपाल प्रहरीका अनुसार इन्टरपोल फिलिपिन्स र त्यहाँको अध्यागमन प्रक्रिया पूरा भएपछि एसपी रुपेश खड्काको नेतृत्वमा प्रहरी टोली पठाइनेछ। पाठकले सामाजिक सञ्जालमार्फत भिडियो तथा अडियो सन्देश पोस्ट गर्दै धम्की दिएको आरोप छ।
पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए । यस प्रकरणमा पाठकसँग सम्बन्ध देखिएका तीन जनालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको जनाएको छ।


