२७ भदौ २०८३, शनिबार 1789201731
Banner

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज

हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७९्०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदैछ।

प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको हो। सोमबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

देश संघीयतामा गएपछि पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो। प्रदेश सरकारले पाचौं पटक नीति तथा कार्यक्रम ल्याउन लागेको भए पनि गठबन्धनको नेतृत्वमा भने पहिलो पटक सदनमा नीति तथा कार्यक्रम आउन लागेको छ।