काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजक समूहले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका लागि काठमाडौंका विभिन्न होटलमा करिब १५ सय कोठा बुक गरेको छ।
आयोजकका अनुसार ठमेल, नक्साल, सुन्धारा र विमानस्थल आसपासका होटलमा आवास र खानपानको व्यवस्था मिलाइएको हो। महिला, ज्येष्ठ नागरिक तथा अपांगता भएका प्रतिनिधिलाई प्राथमिकतामा राखेर विशेष सुविधा दिइने बताइएको छ।
यसैगरी महाधिवेशनस्थल भृकुटीमण्डमा पनि तयारी तीव्र पारिएको छ । कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा हुने विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिलाई आह्वान गरेका छन्।


