११ आश्विन २०८३, आइतबार 1790488126
Banner

घुस दिएको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पुस २४ गते । कैलालीको चुरे गाउँपालिका वडा नं ६ बस्ने प्रेम सिंह ठगुन्ना र कैलालीको गोदावरी नगरपालिका वडा नं २ बस्ने किसन सिंह साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मिति २०८२ मङ्सिर २५ गते विशेष अदालत, काठमाडौँमा बकपत्र गर्दा अनुसन्धान अधिकृत समक्ष गरेको बयान प्रतिकुल हुने गरी बकपत्र गरेको पुष्टी हुन आएको छ । 

प्रतिवादीहरु ठगुन्ना र साउदले प्रतिवादी पूर्ण शङ्कर यादवलाई सात लाख ३१ हजार घुस दिएको कार्य कसुर पुष्टी भएको हुँदा उनीहरूबिच गैरकानुनी स्वार्थ तथा लाभ लिने दिने उद्देश्यले पछिबाट सम्बन्ध सम्पर्क भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम उनीहरू विरुद्ध सात लाख ३१ हजार रुपियाँ बिगो कायम गरी जरिवाना हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।