काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बिहीबार दिउँसो बालुवाटारमा भेटवार्ता भएको हो । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई जनाबीच ३ घण्टा लामो छलफल भएको थियो । जसमा उनीहरूबीच निर्वाचन केन्द्रित छलफल भएको हो ।
कुराकानीमा ओलीले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको बताए । उनीहरुबीच समग्र निर्वाचनको तयारी, अवस्था र सुरक्षाबारे छलफल भएको थियो । प्रधानमन्त्रीले यसबारे सबै प्रबन्ध सरकारले मिलाएको र ढुक्क हुन आग्रह समेत गरेकी छन् ।


