काठमाडौँ : एनएमबि बैंक को ३०औँ वार्षिक साधारण सभा (एजीएम) आज बिहीबार काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ।
सभाको अध्यक्षता बैंकका अध्यक्ष मनाेजकुमार गाेयलले गरेका थिए ।
सभाले चालु चुक्ता पुँजीका आधारमा कर प्रयोजनसमेत समेटी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअनुसार ५ प्रतिशत नगद तथा ५ प्रतिशत बोनस सेयर वितरण गरिनेछ।
सभामा प्रस्तुत विवरणअनुसार बैंकले आर्थिक वर्ष २०८२ असार मसान्तसम्म २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
- सभालाई सम्बोधन गर्दै एनएमबि बैंकका अध्यक्ष मनाेजकुमार गाेयल
- बैंकले २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको र २ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको जनाएको छ।
हाल बैंकले देशभर २०२ शाखा, १८४ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
बैंकले भविष्यमा सेवा विस्तार, डिजिटल बैंकिङ सुदृढीकरण तथा दिगो वित्तीय वृद्धिमा थप ध्यान केन्द्रित गर्ने प्रतिबद्धता पनि सभामा व्यक्त गरिएको छ।


