२७ जेष्ठ २०८३, बुधबार 1781114412
अर्थ

एनएमबि बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ  : एनएमबि बैंक को ३०औँ वार्षिक साधारण सभा (एजीएम) आज बिहीबार काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। 

सभाको अध्यक्षता बैंकका अध्यक्ष मनाेजकुमार गाेयलले गरेका थिए ।

सभाले चालु चुक्ता पुँजीका आधारमा कर प्रयोजनसमेत समेटी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअनुसार ५ प्रतिशत नगद तथा ५ प्रतिशत बोनस सेयर वितरण गरिनेछ।

सभामा प्रस्तुत विवरणअनुसार बैंकले आर्थिक वर्ष २०८२ असार मसान्तसम्म २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

  •                                       सभालाई सम्बोधन गर्दै एनएमबि बैंकका अध्यक्ष मनाेजकुमार गाेयल
  •  
  • बैंकले २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको र २ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको जनाएको छ।

हाल बैंकले देशभर २०२ शाखा, १८४ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले भविष्यमा सेवा विस्तार, डिजिटल बैंकिङ सुदृढीकरण तथा दिगो वित्तीय वृद्धिमा थप ध्यान केन्द्रित गर्ने प्रतिबद्धता पनि सभामा व्यक्त गरिएको छ।