३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:37 pm
राजनीति

मन्त्री गुप्ताको अमेरिका भ्रमण रद्द

सूचना प्रेस २०८२ पुस २५ शुक्रबार ००:००, १५:३१ बजे १ मिनेट पढाइ

काठमाडौँ : युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता आगामी माघ ३ गते अमेरिका भ्रमणमा जाने कार्यक्रम रद्द भएको छ। समय अपुग भएकाले मन्त्री गुप्त अहिलेका लागि अमेरिका नजाने मन्त्री गुप्ताको सचिवालयले बताएको हो।

यसअघि मन्त्रिपरिषद्ले अमेरिकामा हुने ‘रोल अफ यूथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति दिएपछि यो विषय चर्चामा आएको थियो।

कार्यक्रम विकास उप्रेती अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्न लागेको थियो। तर सतेन्द्र शाह अध्यक्ष रहेको अर्को एनआरएनए-अमेरिकाले मन्त्री गुप्तालाई बोलाएको छैन भनेर विज्ञप्ति निकालेको थियो। त्यसपछि मन्त्री अमेरिका जाने कार्यक्रम झनै विवादित बनेको थियो।