काठमाडौँ । बेन्कार्डो, एक प्रतिष्ठित बहुराष्ट्रिय बाथवेयर तथा होम सोलुसन ब्रान्डले ‘बेन्कार्डो साथ सहयोग’ कार्यक्रम तथा बेन्कार्डों होम सोलुसन अन्तर्गत स्मार्ट किचन भर्टिकलको औपचारिक सार्वजनिकरण शुक्रबार होटल एभरेस्ट, काठमाडौँमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रममार्फत बेन्कार्डोले आफ्ना वितरक तथा डिलर साझेदारहरूसँग दीर्घकालीन सहकार्य, आपसी विश्वास र व्यवसायिक सुदृढीकरणप्रतिको प्रतिबद्धता पुनः दोहोर्याएको छ । सोही अवसरमा ‘बेन्कार्डो सहकार्य’ पहल पनि सार्वजनिक गरिएको छ । जसको उद्देश्य च्यानल पार्टनरहरूसँग अझ नजिकबाट काम गर्दै संयुक्त व्यवसाय विस्तार र अन्तिम उपभोक्तालाई अझ राम्रो सेवा प्रदान गर्नु रहेकाे कम्पनीले जनाएकाे छ । बेन्कार्डोको स्थापना सन् २००३ मा हङकङमा भएको हो । हाल कम्पनीको दर्ता कार्यालय नेपाल, भारत, कतार तथा युएईमा रहेको छ । नेपालमा बेन्कार्डोले सन् २०१४ देखि औपचारिक रूपमा सञ्चालन गर्दै आएको छ । चीन र भारतमा उत्पादन इकाइहरू रहेको बेन्कार्डोमा विश्वभर २०० भन्दा बढी दक्ष जनशक्ति कार्यरत छन् ।
नेपालमा बेन्कार्डोको ५ सयभन्दा बढी टचपोइन्ट, १० भन्दा बढी वितरण केन्द्र, तथा २० भन्दा बढी प्राविधिक सहितको सेवा सञ्जाल रहेको छ । जसले देशभर छरिएको बजारमा छिटो र प्रभावकारी सेवा सुनिश्चित गर्दै आएको छ ।

बेन्कार्डोले नेपाली उपभोक्तालाई लक्षित गर्दै किफायती लक्जरी (Affordable Luxury) अवधारणामा आधारित बाथवेयर तथा किचनवेयर उत्पादनहरू उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा बेन्कार्डोले स्मार्ट किचनका लागि नयाँ होम सोलुसन भर्टिकल सार्वजनिक गरेको छ । जसअन्तर्गत चिम्नी, हब्स, कुकटप, तथा गिजर समावेश छन् । यी उत्पादनहरू आधुनिक डिजाइन, नवीन प्रविधि र किफायती मूल्यमा नेपाली भान्सा तथा बाथरूमको आवश्यकता अनुसार तयार गरिएको कम्पनीले जनाएको छ ।
बेन्कार्डो साथ सहयोग तथा बेन्कार्डो सहकार्य कार्यक्रममार्फत कम्पनीले च्यानल पार्टनरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै गुणस्तरीय सेवा, विश्वसनीयता र दीर्घकालीन व्यवसायिक सहकार्यलाई प्राथमिकतामा राख्ने स्पष्ट सन्देश दिएको छ ।


