४ आश्विन २०८१, शुक्रबार 1726859390
Banner

त्रियुगा नगरपालिकाको प्रमुखमा कांग्रेसका बसन्त बस्नेत र उपप्रमुखमा एमालेकी महेश्वरी राई निर्वाचित

काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत निर्वाचित भएका छन्।

उनले १३ हजार ९ सय ५९ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत ल्याए। नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले ९ हजार १ सय ४७ मत प्राप्त गरे।

उपप्रमुखमा भने नेकपा एमालेकी महेश्वरी राई १३ हजार ७ सय ३ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी सरिता राईले ११ हजार ९ सय ८१ मत प्राप्त गरिन् भने नेकपा माओवादी केन्द्रकी गीता खड्का (कार्की)ले ६ हजार ५ सय ६८ मत ल्याइन्।

योसँगै ७ सय ५३ मध्ये ७ सय ५२ स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन्। बाजुराको बुढीगंगा नगरपालिकामा भने पुन: मतदान गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ।