काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । ४२ बर्षिय प्रसान्त कार्डियाक अरेस्टले निधन भएको बताइएको छ ।

इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् । प्रशान्तले नेपाली फिल्म खेल्नुका साथै हिट नेपाली गित असारे महिनामा पानीले रुझाउने,जाउला रेलैमा सरर ,मन साइली ,सिरिम सिरी ,रातो रानी ,आफ्नालेनै घात गर्दा लगाएत दर्जनौ गीत गाएका छन। तामाङकी श्रीमती र एक छोरी छन् ।


