२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 1:21 pm
Banner

महाधिवेशनले चाहे नीति र नेता दुबै बदलिन्छ : गगन थापा

सूचना प्रेस २०८२ पुस २७ आइतबार ००:००, १९:३३ बजे १ मिनेट पढाइ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र नीति दुबै बदल्नेसक्ने बताएका छन् । राजधानीको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले महाधिवेशनले चाहेमा नेता पनि छान्ने, नीति पनि बदल्ने, विधान पनि बदल्ने जिकिर गरे ।

उनले आफ्नो शरीरमा बीपी कोइरालाको विचार र गणेशमान सिंहको साहस रहेको बताए । महामन्त्री थापाले आफू ती नेताको सन्तान नभएपनि उनीहरुको आशिर्वाद रहेको बताए । ‘उहाँहरूको म छोरा होइन तर उहाँहरूको सम्मान र आशीर्वाद लिएर बसेको छु । हामी कसैको अपमान गर्दैनौँ, मलाई मञ्चमा धेरै बस्नु छैन तपाईहरुकै ठाउँमा आएर बस्नु छ ।’ उनले भने, ‘म कसैको पनि अपमान गर्दिनँ, सबैको सम्मान गर्छु ।’ उनले कांग्रेसको भविष्य र वर्तमानलाई समाधानको बाटोमा अगाडि लिएर जाने दृढता पनि व्यक्त गरे । ‘महाधिवेशन प्रतिनिधि साथीहरूले जे निर्णय गर्नुहुन्छ, त्यो निर्णयलाई स्वीकारेर जान्छु । भोलि पार्टीका नेताहरू आउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।’ उनले भने, ‘तर आउने नआउने उहाँहरूको मर्जी, निर्णय गर्ने तपाईहरुको अधिकार हो ।’

उनले कहिलेकाहीँ युद्ध जित्नका लागि लडाई हार्नका लागि पनि तयार हुनुपर्ने भन्दै ज्वालालाई जागृत राख्नका लागि आफू डढ्न पनि तयार हुनुपर्ने तर्क गरे ।