३ आश्विन २०८१, बिहिबार 1726811077
Banner

मत माग्ने हिसाबले ल्याएको बजेटको भण्डाफोर गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)ले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको निष्कर्ष निकालेको छ । संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले पाँच महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकी चुनावमुखी र मत माग्ने हिसाबले बजेट ल्याएको निष्कर्ष निकालेको हो ।

सरकारले २५ वर्षमा पूरा नहुने योजना ल्याएको र यसले बजेटको जवाफदेहीतामा पनि प्रश्न उठ्ने ठहर गरेको छ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तर्कसंगत हिसाबले अध्ययनशील भएर प्रस्तुत हुन निर्देशन दिनुभएको थियो । त्यस्तै ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्नेगरी प्रस्तुत हुन निर्देशन दिनुभएको भट्टराईले बताउनुभयो ।

बैठकमा पार्टीका पूर्व अर्थमन्त्रीहरू, विज्ञ, योजना आयोगका उपाध्यक्षलगायतको सहभागिता थियो ।