१२ श्रावण २०८३, मंगलबार 1785261734
Banner

आइजीपी नियुक्ती प्रकरणमा सर्वोच्चमा आज सुनुवाइ हुँदै

काठमाडौं -ज्येष्ठता मिचेर प्रहरी महानिरीक्षक आईजिपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गरेको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ।

सर्वोच्चले पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि पेशी सार्न नमिल्ने गरी जेठ १७ गतेका लागि अन्तिम सुनुवाइको मिति तोकेको थियो।

सरकारले १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजिपीमा बढुवा गरेपछि अन्यायमा परेको भन्दै वरिष्ठता र ज्येष्ठतामा पहिलो नम्बरमा रहेका एआईजी पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ता गर्नु भएको थियो ।

पोखरेलले अन्तरिम आदेश माग गरेपनि सर्वोच्चले स्थानीय निर्वाचनमा प्रहरी संगठन प्रमुखविहीन हुँदा समस्या हुने तर चाँडै फैसला गर्न सकिने सरकारी पक्षको आग्रहलाई समर्थन गर्दै आदेश गरेको थियो ।

आईजिपीको दर्ज्यान्ही चिह्न लगाइसकेको व्यक्तिलाई काम गर्नबाट रोक्न नहुने तर्कसमेत सरकारी पक्षका वकिलहरुले गरेका थिए।