३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:32 pm
Banner

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

सूचना प्रेस २०८२ माघ ३ शनिबार ००:००, १०:४९ बजे १ मिनेट पढाइ

काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज पार्टीको केन्द्रीय समिति बैठक आह्वान गर्नुभएको छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सभापति थापाले केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो । बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेयटमा बस्ने जनाइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ । विशेष महाधिवेशनबाट निर्वाचित भएपछि उहाँले शुक्रबार निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गर्नुभएको थियो ।