काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ। आइतबार दिनको २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान भएको हो ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने बताइएको छ ।


