१८ बैशाख २०८३, शुक्रबार 1777650185
राजनीति

वामदेव गौतमले राष्ट्रियसभाबाट राजीनामा दिने, बर्दियाबाट चुनाव लड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिने भएका छन् ।

राष्ट्रियसभा सदस्य भएर प्रतिनिधिसभाको उम्मेदवार हुन नपाउने भएकाले गौतमले आइतबार राजीनामा दिन लागेका हुन् । बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहेका गौतम अहिले बर्दियाका विभिन्न स्थानमा मतदातासँग भेटघाटमा व्यस्त छन् ।