काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकाल यसपालि डडेल्धुराबाट चुनाव नलड्ने बताएका छन् । रास्वपा केन्द्रीय सदस्य ढकालले यसपालि आफू डडेल्धुरामा उम्मेदवार नहुने बताएका हुन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ। गुल्मी वा रुपन्देहीमध्ये एक ठाउँबाट आफू निर्वाचनमा लड्नेबारे कुराकानी भइरहेको उनले बताएका छन्।


