काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थली पुगेका छन् ।
साहले आजैदेखि लागू हुनेगरी उपमेयर सुनिता डङ्गोललाई राजीनामा बुझाएर वनस्थलीस्थित रास्वपा पार्टी कार्यालय पुगेका हुन् । पार्टी कार्यलय प्रवेशको क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूले बालेनलाई स्वागत गरेका छन् ।
बालेन रास्वपाको वरिष्ठ नेताको रुपमा आज बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन् । बैठक सकिए लगत्तै बालेन, सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरू साँझ मधेश प्रदेशको राजधानी जनकपुर जाने कार्यक्रम रहेको बताइएको छ ।


