काठमाडौं । समुन्नत नेपाल पार्टीका अध्यक्ष एवं नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट प्रतिस्पर्धा गर्ने भएका छन् । समुन्नत नेपालमार्फत आफू बारा–४ बाट उठ्न लागेको उनले जानकारी दिए । खनालले ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–६ बाट प्रतिस्पर्धा गरेका थिए । उनले चुनाव हारेका थिए ।

तनहुँ–१ को उपनिर्वाचनमा पनि उनी एमालेबाटै उठेर पराजित भएका थिए ।


