काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार नेता तथा कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताका क्रममा बस्नेतले मुलुक निर्वाचनतर्फ अघि बढ्नु सकारात्मक संकेत भएको बताए । उनले संविधानमाथि भएका हमलाबाट जोगाउँदै ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने उल्लेख गरे ।
बस्नेतले भक्तपुरमा सबैलाई साथमा लिएर अघि बढ्ने र जनताले विश्वास गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।


