१० जेष्ठ २०८३, आइतबार 1779607345
Banner

काठमाडौं ४ मा राजन भट्टराई एमालेका उम्मेदवार

काठमाडौं । कांग्रेस सभापति गगन थापाले सर्लाही ४ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएपछि उनले यसअघि चुनाव जित्दै आएको काठमाडौं ४ मा एमालेले डा. राजन भट्टराईलाई उम्मेदवार बनाएको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीका सचिवालय सदस्य ध्रुवराज न्यौपानेका अनुसार मनोनयन पत्र दर्ताका लागि डा. भट्टराईलाई लिएर पार्टी कार्यकर्ता निर्वाचन कार्यालय जाँदैछन् ।

थापा काठमाडौं ४ बाटै उम्मेदवार हुने चर्चाका कारण एमालेसहित अन्य दलले त्यहाँको उम्मेदवारी टुंगो लगाएका थिएनन् ।