काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म संस्कृति बचाउ अभियानका अगुवा दुर्गा प्रसाईं रिहा भएका छन् ।

सोमबार कास्कीको पोखरबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले हिरासतबाहिरै बसेर अनुन्धान गर्न मिल्ने ठहरसहित रिहा गरिदिएको हो । यसअघि भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले दुर्गा प्रसाईंलाई पक्राउ गर्न साइबर ब्यूरोलाई पत्र काटेको थियो । उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले बताए ।
मेडिकल व्यवसायी प्रसाईंले अफवाह फैल्याएको भन्दै निर्वाचन आयोगले कारबाही अगाडि बढाउन निर्वाचन नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।


