१० जेष्ठ २०८३, आइतबार 1779631376
समाचार

गगनविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै थापालाई कांग्रेसका सभापतिमा कामकाज गर्न सहज भएको छ ।

त्यसका विरुद्ध कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सभापति शेबरहादुर देउवाले माघ ४ मा सर्वोच्च रिट दायर गरेका थिए । त्यसमा निर्वाचन आयोगसँगै कांग्रेस सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।