५ आश्विन २०८१, शनिबार 1726961218
Banner

अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ ।

प्राधिकरणले तारा एअरको विमान दुर्घटना भएसँगै उड्ने र पुग्ने स्थानको मौसम सफा नभएसँगै उडान अनुमति नदिने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार तारा एअरको विमान दुर्घटना लगत्तै क्यानले इनरुटको मौसम सफा नभए पनि उडानको अनुमति नदिने निर्णय गरेको हो। इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटोसमेतलाई जनाउँछ । ती सबै स्थानको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय भएको प्राधिकरणले जनाएको छ ।  

प्राधिकरणका प्रवक्ता कर्णले भन्नुभयो, ‘अब हामीले इनरुट मौसम पनि सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरेका छौँ । पहिले विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा हामीले उडान अनुमति दिने गरेका थियौँ तर अब इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरेका छौँ । यसले हवाई दुर्घटना कम गर्न मद्दत गर्नेछ ।’