काठमाडौं । नेपाली काँग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ । भोलि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न लागिएको हो ।
सभापति थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरू भोलि पहिलो पटक विशेष महाधिवेशनपछि पार्टी कार्यालय जाँदैछन् । भोलि पार्टी कार्यालयमै केन्द्रीय समिति बैठक समेत बस्नेछ ।


