काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नहरू कारबाहीको दायरामा आउने बताएका छन् । बिहीबार झापाको दमक–८ स्थित नेपाली कम्युनिस्ट पार्टीका नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकन गर्दै ओलीले आपराधिक गतिविधिमा संलग्नहरू कारबाहीको दायरामा आउने बताएका हुन् ।
उनले अराजकताको आयु लामो नहुने समेत बताए । जेनजीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मतपछि बस्दै आएका पुरीलाई आश्वस्त पार्दै अध्यक्ष ओलीले उजुरी–निवेदन लगायतको प्रक्रिया चाँहि अघि बढाउन सुझाव दिए ।
नेता पुरीले आफूले सबै प्रमाणहरू सङ्कलन गरी सकेको र कानुनी उपचारको प्रक्रिया पनि अघि बढाएको बताए । आगजनी र तोडफोडका क्रममा क्रममा भएका सबै सम्पत्ति लुटिएको, घरायसी सामानहरू जलाइएको र घर पनि तोडफोड गरिएको पुरीले बताएका छन् ।


