४ असार २०८३, बिहिबार 1781791342
समाचार

जाँचबुझ अयोगको म्याद २० दिन थपियो

काठमाडौं । जेनजी आन्दोनलका क्रममा घटेका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगको म्याद थप गरिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २० दिन थपेको हो । योसँगै आयोगको म्याद दोस्रो पटक थपिएको हो ।

यसअघि एक महिनाका लागि जाँचबुझ आयोगको समय थपिएको थियो। प्रतिवेदन लेखनको काम बाँकी रहेकाले म्याद थप गरिएको जानकारी दिइएको छ ।