१ जेष्ठ २०८३, शुक्रबार 1778861528
Banner

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रतिनिधिसभा चुनाव लड्नका लागि राजीनामा दिएपछि प्रवक्ताको पद खाली भएको थियो ।

पुर्वप्रवक्ता खरेल ललितपुर-२ बाट रास्वपाको उम्मेदवार बनेका छन् ।