५ आश्विन २०८१, शनिबार 1726921748
Banner

गल्ति स्विकार गरेपछि मिरुना र फुर्बाबीच सहमति

काठमाडौं – नेपाली चलचित्र कबड्डी-४ को प्रदर्शनका क्रममा आफूलाई ब्याड टच गरेको आरोप नायिका मिरुना मगर  र फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सिभिल मलमा कबड्डी ४ प्रदर्शन भइरहेका बेला दर्शकहरुलाई साथ दिन पुगेकी मिरुनाले ब्याड टच भएको आरोप फुर्पामाथि लगाएसँगै उत्पन्न विवादलाई लिएर दुवै पक्षले गल्ती स्वीकारेका छन्।

दुवै पक्षले केही बौद्ध लामा गुरुहरु र कबड्डी सिरिजका अभिनेता दयाहाङ राईसहितको उपस्थितिमा मिलापत्र गरेपछि यो विवाद मिलेको हो।

‘प्रदर्शनरत नेपाली कथानक चलचित्र कबडडी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा मिति २०७९ साल जेठ १५ गते सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहार सम्बन्धी घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री समक्ष माफी मागेका र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी दिएको छ’, सहमति पत्रमा भनिएको छ। 

‘कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आशयले कुनै कार्य नगरे पनि उक्त परिस्थितिमा आकष्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति अभिनेत्री मगरले क्षमा याचना गरेकी छिन्’, सहमति पत्रमा उल्लेख छ ।