२६ जेष्ठ २०८३, मंगलबार 1781059393
राजनीति

राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने भएको छ । आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राष्ट्रियसभामा राप्रपाको कुनै पनि उमेदवार नभएको र सबै प्रतिनिधि आगामी प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित रहनुपरेका कारणले पनि राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको हो ।

“हामी सम्पूर्णरुपले आगामी प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित भएका छौँ,” उनले भने, “त्यसैले पनि हामी राष्ट्रियसभाको निर्वाचनमा सहभागी नहुने निर्णयमा पुगेका हौँ ।”