२५ कार्तिक २०८३, बुधबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 4:35 pm
Banner

सभापतिमा गगन थापाको पदवहाली

सूचना प्रेस २०८२ माघ ९ शुक्रबार ००:००, १५:४४ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गरेका छन् ।

काठमाडौँमा यही माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसका पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए । पार्टी कार्यालय सानेपामा आज सभापति थापालगायत सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुले पदवहाली गरेको पार्टी कार्यालयले जनाएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।