१ कार्तिक २०८३, शनिबार 5:19 pm
Banner

बेदुराम भुसाल बने नेकपाको राष्ट्रिय सभा संसदीय दल नेता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दल नेतामा बेदुराम भुसाल नियुक्त भएका छन्।

आइतबार बसेको राष्ट्रिय सभा संसदीय दल बैठकले भुसाललाई दल नेता नियुक्त गरेको हो।

त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ।

पार्टीले दलको नेता नारायण काजी श्रेष्ठ राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार बनेका छन्।

उनको ठाउँमा पार्टीले भुसाललाई नियुक्त गरेको हो।