काठमाडौं । मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजले सफलतापूर्वक गिनिज वर्ल्ड रेकर्ड्स (Guinness World Records) को एक आधिकारिक कीर्तिमान कायम राख्न सफल भएको छ। उक्त कार्यक्रममा प्रख्यात स्मृति बिशेसक्ष तथा पूर्व गिनिज वर्ल्ड रेकर्ड्स विजेता कृष्ण पाण्डेयले ५० शब्दहरू उल्टोबाट सबैभन्दा छिटो हिज्जे गर्ने (Fastest Time to Spell 50 Words Backwards) विधामा एक उल्लेखनीय कीर्तिमान कायम गर्नुभएको हो।

यस ऐतिहासिक कार्यक्रमको आयोजना मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) ले काठमाडौं मोडल सेकेन्डरी स्कुल (KMSS) सँगको सहकार्यमा गरेको हो, जसमा बेस्ट वेस्टर्न प्लस हस्पिटालिटी पार्टनरको रूपमा रहेको थियो। कीर्तिमानको यो प्रयास बागबजारस्थित काठमाडौं मोडल सेकेन्डरी स्कुलमा गिनिज वर्ल्ड रेकर्ड्सका सबै नियम, विनियम र प्रमाण निर्देशिकाहरूको पूर्ण पालना गर्दै सम्पन्न गरिएको थियो।
पाण्डेले उक्त चुनौती मात्र ५१.६६ सेकेन्डमा सफलतापूर्वक पूरा गर्नुभयो, जुन गिनिज वर्ल्ड रेकर्ड्सद्वारा निर्धारित मापदण्डहरू भन्दा उत्कृष्ट र माथिल्लो स्तरको रहेको छ। कार्यक्रममा सुशान्त ज्ञवाली, निशान पौडेल बिनायक दाहाल, माननीय अञ्जान शाक्य, पत्रकार दिलभूषण पाठक, मोडल इन्स्टिच्युट अफ टेक्नोलोजीका शैक्षिक निर्देशक देवी चरण न्यौपाने, अनिश ढकाल, अध्यक्ष रामेश्वर अर्याल लगायत विद्हरू, राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिहरू, पूर्व मन्त्रीहरू र शिक्षा क्षेत्रका दिग्गजहरू गरी करिब २०० जनाको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै आयोजक संस्था एमआईटी कलेजका सह संस्थापक, आर. के. दाहालले यो गिनिज वर्ल्ड रेकर्ड्स उपलब्धिले एमआईटी उत्कृष्टता, नवीनता र विश्वव्यापी पहिचानप्रतिको प्रतिबद्धता झल्काउने कुरामा जोड दिए। काठमाडौं मोडल सेकेन्डरी स्कुलसँगको यस सहकार्यले परम्परागत शैक्षिक ढाँचाभन्दा बाहिर गएर बौद्धिक उपलब्धिहरूलाई प्रवर्द्धन गर्ने संस्थाहरूको साझा दृष्टिकोणलाई थप सुदृढ बनाएको छ।
यस उपलब्धिले कृष्ण पाण्डेयको असाधारण संज्ञानात्मक क्षमता र अनुशासित मानसिक प्रशिक्षणलाई मात्र प्रदर्शन नगरी, एमआईटी र केएमएसएसलाई विश्वव्यापी रूपमा मान्यता प्राप्त बौद्धिक कोशेढुङ्गाहरूको सक्रिय योगदानकर्ताको रूपमा समेत स्थापित गरेको छ।
अन्तिम प्रमाणीकरणका लागि आवश्यक सम्पूर्ण प्रमाणका कागजातहरू गिनिज वर्ल्ड रेकर्ड्सको सर्त बमोजिम संकलन गरी पेश गरिएको छ।


