१ जेष्ठ २०८३, शुक्रबार 1778855145
राजनीति

रास्वपाले जनतालाई धोका दिइरहेको भन्दै क्षेत्रीय उपसभापति उज्यालो नेपालमा प्रवेश

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा क्षेत्र नम्बर ३ का क्षेत्रीय उपसभापति रोशनकुमार अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष कुलमान घिसिङले अधिकारीलाई पार्टीमा स्वागत गरेका हुन् ।

उज्यालो नेपाल पार्टी प्रवेश गर्दै अधिकारीले रास्वपाले जनतालाई धोका दिइरहेको आरोप लगाए । उनले रास्वपा जनमुखी नभई धनी वर्गको पक्षमा केन्द्रित पार्टी बनेको दाबी गर्दै जनताको वास्तविक मुद्दा उठाउन नसकेको टिप्पणी गरे ।

अधिकारीले सामाजिक सञ्जालबाट मात्रै देश विकास सम्भव नहुने भन्दै व्यवहारिक काम र जनतामाझ गएर राजनीति गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा पार्टी अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी जनआधारित नेतृत्व र कर्ममा विश्वास गर्ने पार्टी भएको बताउँदै देश परिवर्तनका लागि इमानदार र कर्मशील व्यक्तिहरूको सहभागिता आवश्यक रहेको धारणा राखेका थिए ।