२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 4:51 am
समाचार

एमाले काठमाडौं जिल्ला पदाधिकारीको बैठकले गरयो यस्ता निर्णय

सूचना प्रेस २०७९ जेष्ठ १८ बुधबार ००:००, ०८:०३ बजे १ मिनेट पढाइ

काठमाडौं । स्थानीय तहको निर्वाचन सकिए लगतै नेकपा एमाले काठमाडौं जिल्ला पदाधिकारीको बैठक बसेर बिभिन्न बिषयमा निर्णय लिएको छ ।

पार्टी कार्यालय धुम्बाराईमा मंगलबार बसेको बैठकले स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जेठ २० देखि २६ सम्म आवासीय प्रशिक्षण संचालन गर्ने, स्थानिय तहको निर्वाचन समिक्षा गर्न १३८ वडामा जिल्ला सदस्य हरुलाई पठाउने, पार्टी जिल्ला कार्यालयको लागि काठमाडौमा १० आना क्षेत्रफलमा निर्माण भएको घर जग्गा खरिद प्रकृया अगाडि बडाउने निर्णय गरेको छ ।

छलफलमा ईन्चार्ज कृष्णगोपाल श्रेष्ठ, सह ईन्चार्ज रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने, प्रदेश उप सचिब, रत्ना गुरुङ लगायतको सहभागिता रहेको थियो ।