१ जेष्ठ २०८३, शुक्रबार 1778851281
राजनीति

नेकपाका नेता राजेश लामा एमाले प्रवेश

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका नेता तथा नेकपा माओवादी केन्द्रका काठमाडौं महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गरेका छन्।

सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी ओलीको भक्तपुरको गुन्डुस्थित निवासमा अध्यक्ष ओलीले पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन्। कमिटीका अध्यक्ष राजेश लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशी पनि एमाले प्रवेश गरेका छन्।