काठमाण्डौ । काठमाडौं क्षेत्र नं ४ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार जे. वि. दीपक अधिकारी काभ्रेपलान्चोक जिल्लामा जन्मिएर विगत लामो समयदेखी शिक्षा र समाजसेवाको क्षेत्रमा क्रियाशिल रहेका छन। समाज शास्त्र तथा मानवशास्त्मा स्नातकोत्तर गरेका अधिकारी एक घर, एक विरुवा अभियानका अभियन्ताका तथा रग्वी संघ कोषाध्यक्ष र राष्टिय अध्यक्ष , नेपाल विध्यालय कमिसन एम्नेष्टी ईटरनेशनल समुह ८० अध्यक्ष (2015 to 2017) नेपाल भलिवल कमिसन काठमाडौं जिल्ला अध्यक्ष समेत रहेका छन

काठमाण्डौ क्षेत्र नं ४ मा चिम चुनाव चिन्ह लिएर मैदानमा रहेका उम्मेदवार दीपक अधिकारी भन्छन,
म शिक्षा क्षेत्रमा मास्टर डिग्रीसहित व्यापक अनुभव सहित समाजसेवी, नेतृत्वकर्ता र विकासकर्ता हुँ। मैले १३ वर्षदेखि युवा, खेलकुद, टोल सुधार, खानेपानी व्यवस्थापन, सामाजिक सेवाका विभिन्न क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छु। नेपालका सातै प्रदेशमा राष्ट्रिय अध्यक्षको हैसियतले कमिटी विस्तार गरी नेतृत्व गरिसकेको छु। अन्तर्राष्ट्रिय भ्रमणबाट सिकेका नवीनतम विचारहरूलाई समाज सुधारमा प्रयोग गर्दै आएको छु। HTV खबरको शैक्षिक संसार कार्यक्रमको प्रस्तोता तथा Producer पनि हुँ।
मेरो दृष्टि (Vision)
सबैका लागि समान अवसर, पारदर्शी विकास, र समृद्ध नेपाल मुख्य प्राथमिकता (Mission)
गुणस्तरिय शिक्षा, स्वास्थ्य सेवा र घरघरमा रोजगारीका अवसरहरू
युवालाई सीपमय बनाउने नवप्रवर्तन र उद्यमशीलता प्रवर्धन
हाम्रो संस्कृति र सामाजिक सहिष्णुताको संरक्षण र प्रवर्द्धन
भ्रष्टाचारमुक्त, सुशासनयुक्त र विकासमैत्री वातावरण सिर्जना गर्ने
आधारभूत पूर्वाधार सुधार र सार्वजनिक सुविधाहरूको विस्तार प्रमुख योजनाहरू ९ब्अतष्यल एबिल०
विद्यार्थीलाई छात्रवृत्ति र व्यावसायिक तालिम प्रदान गर्ने
नवप्रवर्तन परियोजनामार्फत देशमै प्रतिभाशाली मान्छे तयार गर्ने
साना उद्योग, पर्यटन र कृषि क्षेत्रमा रोजगारी सृजना गर्ने
छोरी शिक्षा र महिला सुरक्षा अभियान सञ्चालन गर्ने
खानेपानी, सार्वजनिक शौचालय, यातायात र सामाजिक सुरक्षा जस्ता आवश्यक सेवा सुधार गर्ने
भ्रष्टाचारमाथि शून्य सहनशीलता र कडा कानुनी कारबाही सुनिश्चित गर्ने किन मलाई मतदान गर्नेरु
सामाजिक सेवा र नेतृत्वमा लामो समयको अनुभव
स्थानीय र राष्ट्रिय तहमा सक्रिय प्रतिबद्धता
युवा र खेलकुद क्षेत्रको व्यापक ज्ञान
अन्तर्राष्ट्रिय अनुभव र आधुनिक सोच
विकास, शुसासन र समावेशी समृद्धिका लागि प्रतिबद्ध


