२६ भदौ २०८३, शुक्रबार 1789189914
Banner

भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी फर्कियो

काठमाडौं । काठमाडौंबाट झापाको भद्रपुरतर्फ जाँदै गरेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको छ। भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाजको टायरमा समस्या देखिएपछि आकाशबाटै फर्किएको हो ।

६९ यात्रु लिएर भद्रपुर जान लागेको उक्त जहाजमा समस्या आएपछि बुद्ध एयरकै अर्को जहाजबाट सबै यात्रुलाई पठाइएको बुद्ध एयरका प्रवक्ता दीपन्द्र कर्णले बताउनुभयो ।