काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रमा प्रहरीले गोली चलाएर १० जना लुटेरालाई पक्राउ गरेको छ । रातिको समयमा विभिन्न व्यक्तिलाई पछ्याई गहना, नगद तथा अन्य सामान लुटपाट गर्दै आएका समूहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लुटपाटका घटना बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति विशेष अपरेसनमा परिचालित भएको थियो । सोही क्रममा लुटपाटमा संलग्न १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए ।
पक्राउ गर्ने क्रममा परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्नुपरेको उनले बताए । पक्राउ परेका लुटेराहरूको नामसहित विस्तृत विवरण पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।


