११ भदौ २०८३, बिहिबार 1787825294
Banner

भिजिबिलिटी घट्दा काठमाडौंबाट हुने हवाइ उडान बन्द

काठमाडौं । बाक्लो कुहिरोका कारण भिजिबिलिटी पारदर्शिता ह्वात्तै घट्दा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान अवरुद्ध भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमानस्थल बिहान एकछिन खुले पनि कुहिरोका कारण भिजिबिलिटी ८ सय मिटरमा झरेकाले यहाँबाट हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै हवाई उडान ठप्प भएको जानकारी दिनुभयो।
‘अहिले यहाँबाट कुनै पनि हवाईजहाज उड्न सकेका छैनन्’, उहाँले भन्नुभयो, ‘हेलिकप्टरसमेत उड्न सकेको छैन।’

प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि कम्तीमा १६०० मिटर भिजिबिलिटी चाहिन्छ।