काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज डिस्चार्ज हुँदैछन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत लामिछानेलाई आज डिस्चार्ज गर्ने तयारी भएको हो ।
यही माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो । त्यसक्रममा देब्रे खुट्टामा घाउ भएको र त्यो निको नभएर छालामा इन्फेक्सन भएपछि उनी अस्पताल भर्ना भएका थिए ।


