१ जेष्ठ २०८३, शुक्रबार 1778845593
राजनीति

पार्टीभित्र कुनै गुट छैन : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र कुनै गुट नभएको बताएका छन् । शुक्रबार मधेस प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् । 

कांग्रेसमा कुनै गुट छैन, हामी सबै एक हौँ। सबै मिलेर अघि बढ्नुपर्छ,’उनले भने,’निवर्तमान सभापति शेरबहादुर देउवासँग सल्लाह लिइरहेका छौँ।’

मधेसका मुद्दालाई नेपाली कांग्रेसले सम्बोधन गर्ने सभापति थापाले बताए । ‘म पनि मधेसबाट आगामी निर्वाचनका लागि उम्मेदवार बनेको छु,मधेसको सबै समस्या समाधान अब नेपाली कांग्रेसले नै गर्नेछ,’उनले भने ।