काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्वाट्टै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (माघ १८) तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो ।
शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार सात हजार ६५ रुपैयाँ थियो ।


