६ आश्विन २०८१, आइतबार 1727046853
Banner

संसदमा बजेटको सैद्धान्तिक छलफल आजपनि

काठमाडौं । सरकारले आइतवार संसद्मा पेश गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि बिहीवार पनि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुँदैछ ।

मंगलवारदेखि प्रतिनिधि सभामा शुरू भएको सैद्धान्तिक छलफल बिहीवार पनि जारी रहने छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । सामान्य छलफल सकिएपछि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा १७ खर्ब ९३ अर्ब बराबरको बजेट पेश गरेका थिए ।

साउन १ गतेबाट लागू हुने बजेट असार भित्रै पारित गर्नेगरी संसद् सचिवालयले छलफलको तालिका बनाएको छ ।