काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रवल थापाले आफू चुनाव जितेर हराउने मान्छे नभएको बताएका छन्। चुनाव जित्नका लागि मात्र नभई मतदाताको प्रतिनिधित्व गर्ने थापाले बताए । आफु युवा भएकै कारण काम गर्ने जोश भएको बताउदै उनले एक पटक चुनाब जिताएर काम गर्ने मौका दिन मतदातासँग आग्रह गरेका छन ।

काठमाडौं क्षेत्र नम्बर १ को घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा मतदातालाई रुख चिन्हमा भोट हाल्न थापाले अनुरोध गरेका छन् । आफ्ना कार्ययोजना सुनाउने क्रममा थापा भन्छन्, ‘म यस क्षेत्रको स्थायी बासिन्दा भएको नाताले मलाई यहाँको समस्या थाहा छ ।’ स्थानीयबासीमाझ खडकिएको ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षा, आर्थिक पारदर्शिता जस्ता कुरामा मेरो विशेष ध्यान जानेछ । काठमाडौं क्षेत्र नम्बर १ व्यापारिक क्षेत्र भएकाले युवालाई रोजगारसँग जोडने कुरामा आफुसँग नयाँ नयाँ योजना भएको उनले सुनाए । जेन्जी आन्दोलनपछि मुलुकमा राजनीतिक परिर्वतनसँगै नेपाली काँग्रेसपनि परिर्वतन भएको भन्दै उनले भने, ‘युवा छु कामगर्ने जोश छ, एक पटक अवसर दिनुहोस, शिक्षा, स्वास्थ, पर्यटन, धार्मिक मठमन्दिर, ऐतिहासिक पुतात्विक महत्वका धरोहरुको संरक्षण, सम्वद्र्धन र पुनर्संरचना गर्ने जिम्मा मेरो भयो तपाईंहरुले मलाई ‘रुख’मा मत दिएर जिताउनुहोस् ।’
थापा अगाडि थप्छन्, ‘अहिलेसम्मको माहोल हेर्दा हाम्रो जित भइसकेको छ, त्यसमा तपाईंहरुको सहयोग अपरिहार्य रहने छ ।’ तपाईंहरुको यो साथ, सहयोग र समर्थन आगामी फागुन २१ गते सार्थक बनाउनुहुने छ भन्नेमा म ढुक्क छु ।’


