१ जेष्ठ २०८३, शुक्रबार 1778833424
राजनीति

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले सरकार निर्वाचन सार्ने षडयन्त्रमा रहेको बताएका छन् ।

एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यलयमा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले यस्तो आशंका गरे ।

‘निर्वाचन सार्ने छनक प्रधानमन्त्रीले गरिरहनु भएको छ, ‘थापाले भने’ केही दिन अघि प्रधानमन्त्रीले हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भनेर दिएको अभिव्यक्ति त्यसको एउटा उदाहरण हो,’ ।

उनले निर्वाचनमा अनेक षडयन्त्र गर्ने, दलहरुलाई विवादमा तान्ने,न्यालयमा आफ्नो छाँया पार्ने काममा सरकार तल्लीन रहेको बताए ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button