काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओली बिहीबार बिहान प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

उनीहरुबीच करिब २ घण्टा वार्ता भएको थियो । बालुवाटारमा उनीहरुबीच समसामयिक राजनीतिक र निर्वाचनबारे छलफल भएको बताइएको छ ।
उक्त छलफलमा निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा गर्नेबारे छलफल भएको र ओलीले एकै चरणमा निर्वाचन गर्न सुझाव दिएका थिए ।
ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन सुरक्षा चुनौती यथावत् रहेको बताएका थिए । प्रधानमन्त्री कार्कीले भने निर्वाचनका लागि बुधबारदेखि सेना खटिइसकेको बताउँदै अब सुरक्षामा कुनै कमीकमजोरी नहुने बताइन् ।


