३ आश्विन २०८१, बिहिबार 1726779181
Banner

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजालाई देशको अभिभावक बनाउन राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जनताले चुनको प्रधानमन्त्री र राजालाई देशको अभिभावकको रुपमा राख्न माग गरेको छ । राप्रपाले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारको माग गदै यस्तो प्रस्ताव राखेको हो ।

बिहीबार धुलिखेलमा सम्पन्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने गरी शासकीय स्वरूप परिवर्तनको माग गरेको हो ।

राप्रकाका अध्यक्ष राजेन्द्र लिङदेनले भने ‘भ्रष्टाचार र अस्थिरताको अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालमा सुधार गरी पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावककीय संस्थाका रूपमा राजा रहने व्यवस्थाको माग गरेका छौं ।’

राप्रपाले संघ र प्रदेशको चुनावमा लोकप्रिय उम्मेदवार छनौट गर्न पार्टी भित्र र बाहिरबाट समेत उम्मेदवारीका लागि सार्वजनिक आह्वान गर्ने निर्णय समेत गरेको छ ।