१४ जेष्ठ २०८३, बिहिबार 1779983719
समाचार

बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, उद्धार कार्य जारी

काठमाडौँ : रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका–५ मसानटारमा आज बिहान भएको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

दुई पुरुष र चार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापका सहायक जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । ६ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

 बसमा कति यात्रु सवार थिए भन्ने खुलिनसकेको उनको भनाइ छ । डुंगामार्फत उद्धारकार्य जारी छ । प्रदेश ०३-०१-९९५ख९९७५ नम्बरको बस काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै थियो ।